images
images
  • Latest Update

    Trending

    प्रजातन्त्र दिवसमा अपांगता भएका व्यक्तिहरुलाई ह्विलचेयर सहयोग

    चितवन । भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगरमा अपांगता भएका व्यक्तिहरुलाई सोमबार ह्विलचेयर वितरण गरेको छ ।

    नेपाल रेडक्रस सोसाईटी दिव्यनगर उपशाखाको अनुरोधमा रेडक्रस उपशाखाका आजीवन अति विशिष्ठ सदस्य समेत रहेका विजय कुमार मानन्धरको पहल र प्रशंसा चर्च धापासी, काठमाण्डौँको आर्थिक सहयोग तथा प्रशंसा सामाजिक सेवा नेपालको संयोजनमा ७ जना अपांगता भएका व्यक्तिहरुलाई ह्विलचेयर वितरण गरेको हो ।

    ह्विलचेयरको अभावमा दैनिक जीवनयापन गर्न समेत असहज भएका शारीरिक अपांगता भएका व्यक्तिहरुलाई हिडडुल गर्न र दैनिक जीवनयापनमा सहयोग पुग्ने उदेश्यले ह्विलचेयर वितरण गरिएको प्रशंसा सामाजिक सेवा नेपालका संयोजक समाजसेवी तथा वरिष्ठ संचारकर्मी मानन्धरले हामीलाई जानकारी दिए ।

    ह्विलचेयर पाएपछि भावविभोर भएका चेत बहादुर पौडेल क्षेत्रीले भन्नुभयो, “अपांगता भएका व्यक्तिको अवस्था केवल अपांगता व्यक्तिले मात्र बुझछ तर आज प्रशंसा चर्च र प्रशंसा सामाजिक सेवाका व्यक्तिहरुले बुझेर आफूलाई अति आवश्यक ह्वीलचेयर सहयोग गर्नुभयो म अतिनै खुशी छु” । उनले सहयोगी दातालाई धेरै धन्यवाद् दिए ।

    रेडक्रस अध्यक्ष जीवाखर ढकालले अपाङ्गता भएका व्यक्तिहरुलाई आफनो दैनिक जीवनयापन गर्न निकै असहज भएकोले उहाँहरु गुणस्तरीय जीवन बाँच्ने अधिकारबाट बञ्चित हुनुपरेको बताउनुभयो ।

    अध्यक्ष ढकालले सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सहयोगका कारण अब अपाङ्गता भएर व्यक्तिहरु ह्विलचेयर नभएकै कारण घरभित्र बस्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । कार्यक्रममा रेडक्रसले प्रशंसा चर्च तथा प्रशंसा समाजिक सेवालाई ह्विलचेयर सहयोग गरेकोमा धन्यवादसहित मायाँको चिनो प्रदान गरेको छ ।

    हस्तान्तरण समारोहमा वडा अध्यक्ष, रेडक्रसका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरुले समेत सम्बोधन गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्