images
images
  • Latest Update

    Trending

    प्रचण्ड सरकार अलोकतान्त्रिक भयो : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन् ।

    बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रिय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए ।

    उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए । उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे ।

    उनले भने– ‘मान्छे मरेका छन्, युवाहरु मरेका छन् । युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलो पटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन । लोकतन्त्र मन्ने प्रणालीमा यस्तो हुँदैन । मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ । आत्मग्लानी छँदै छैन । न सरकारलाई न मन्त्रीलाई । प्रधानमन्त्रीलाई अफ्ठ्यारो भएको छैन । मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन । मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने । एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने । नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने ?’

    अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्