images
images
  • Latest Update

    Trending

    सचिवका आकांक्षी प्रकाश

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । चैत ९ र १० गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशनमा मेलम्चीका प्रकाश दाहाल सचिव पदका आकांक्षी रहेका छन् ।

    मेलम्ची क्षेत्रको प्रतिनिधित्व गर्ने बहालवाला सदस्य दाहालले सचिव पद सर्वसहमत रुपमा दिलाउन संघका नेतृत्व वर्ग, पदाधिकारी, सदस्य सबैलाई आग्रह गरेका छन् । मेलम्ची क्षेत्रमा रहेर जिल्लाभरका साना, मझौला, ठूला सबै खाले ब्यापारी, ब्यबसायी, उद्योगीका पक्षमा काम गर्दे आएका दाहालले आगामी दिनमा पनि जिम्मेवार र कर्तब्यनिष्ठ भएर काम गर्ने जानकारी दिएका छन् ।

    आफू सचिवमा चयन भए चाहे नाकाका ब्यापारी, ब्यबसायीका पक्षमा होस् वा चाहे जिल्लाभरका साना, मझौला, लघु उद्यमीका पक्षमा होस्, अहोरात्र उनीहरुको पक्षमा काम गर्ने दाहालले बताएका छन् । हार्डवेयर ब्यबसायी दाहालले मेलम्ची, चौतारा लगायतका स्थानका ब्यबसायीलाई ब्यापार, ब्यबसाय, उद्यमका क्षेत्रमा प्रमोट गर्दे आईरहेका छन् ।

    आगामी अधिबेशनले सबै प्रकारका ब्यबसाय गर्ने बर्ग समुदाय समेटेर चुस्त पारदर्शी कार्य समिति चुनिनु पर्ने दाहाल धाराणा ब्यक्त गर्छन् । नयाँ पुस्तालाई प्राथमिकताका साथ स्थान दिनु पर्ने, प्रशस्त समय दिएर ब्यापारी ब्यबसायीका पक्षमा काम गर्न सक्नेलाई समितिमा अटाउनु पर्ने उनको तर्क छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ जिल्लाभरका सबै प्रकारका ब्यापारी, ब्यबसायी, उद्यमीको साझा र छाता संघ भएकोले सबै सदस्यको भावना र मर्म अनुरुप कार्यसमिति छनौट हुनु पर्नेमा दाहालले जोड दिएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्