images
images
  • Latest Update

    Trending

    भक्तराजलाई अन्तिम श्रद्धाञ्जली…

    काठमाडौँ– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

    आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिज्ञ, गायक, संगीतकार, कलाकारहरुदेखि सर्वसाधारणको  बाक्लो उपस्थिति रहेको छ ।

    उनलाई श्रद्धाञ्जली दिन समाजसेवी अनुराधा कोइराला, वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, कांग्रेस नेता विश्वप्रकाश शर्मा हास्यकलाकार जितु नेपाललगायत उपस्थित थिए ।

    भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

    आचार्यको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्