images
images
  • Latest Update

    Trending

    सिंहदरबार आसपास क्षेत्रमा हिँड्न निषेध

    काठमाडौं– प्रहरी प्रशासनले सिंहदरबार आसपास हिँड्न समेत निषेध गरिएको छ । लघुवित्त पीडितहरूको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा कडाइ गरिएको हो ।

    सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास भने हिँड्न रोक लगाइएको छैन । तर, समूहमा हिँड्न दिइएको छैन । 

    लघुवित्त पीडितको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई एकैसाथ जिम्मेवारीबाट हटाएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्