images
images
  • Latest Update

    Trending

    निर्माणधीन ३ रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

    सरकारले निर्माणाधीन ३ रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी, चितवन र विराटनगरमा रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको हो ।

    सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चारमन्त्री सञ्चारमन्त्री रेखा शर्माले ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण अघि बढाउने बढाउने निर्णय गरेको जानकारी दिइन् ।

    पूर्वाधार अभावका बाबजूद क्रिकेटमा नेपालले धेरै उपलब्धी हासिल गरेको र सम्भावना पनि निकै राम्रो भएकाले सरकारले क्रिकेट रंगशाला निर्माण अघि बढाउन लागेको उनले बताइन् ।

    मूलपानीमा ३ दशक अघिदेखि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण थालिए पनि अझै पूरा हुन सकेको छैन । त्यस्तै, चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण थाले पनि अलपत्र परेको छ । यद्यपि, हालै बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सो रंगशाला संयुक्त रुपमा निर्माण गर्ने घोषणा गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्