images
images
  • Latest Update

    Trending

    प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरुलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ ।

    सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुहरुलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

    बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुङ्गोमा नपुर्‍याउने देखिएकाले अब मुख्य मुख्य कानुन टुङ्ग्याउन दबाब दिने बताए ।

    नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आवश्यक विधेयक ल्याउन नसके पार्टीले गैरसरकारी विधेयकहरु ल्याउन तयारी गर्ने उनले बताए ।

    उनले सदनमा जनसवालका विषयहरुलाई उठाउने र पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिए । त्यस्तै, परियारले टिआरसी सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा पार्टीको जोड रहेको बताए ।

    बैठकमा पार्टी सभापति रवि लामिछानले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने विधेयकका बारेमा सांसदहरुसँग जानकारी लिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्