images
images
  • Latest Update

    Trending

    सभामुख घिमिरेले बोलाएको सचेतकहरुको बैठक जारी

    काठमाडौं- सभामुख देवराज घिमिरेले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक सुरु भएको छ ।

    संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न सभामुख घिमिरेले प्रमुख सचेतक तथा प्रमुख सचेतकहरुको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले बैठक बोलाएका हुन् ।

    बैठकमा सबै पार्टीका सचेतकहरुको उपस्थिती रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

    सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्