images
images
  • Latest Update

    Trending

    अमेरिकाद्वारा इराक र सिरियामा हवाइ हमला

    वासिंगटन डिसी– अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरु गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरु गरेको हो ।

    अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ स्थानलाई केन्द्र बनाइ आक्रमण गरेको हो ।

    अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमार्फत भने, ‘हाम्रो प्रतिक्रिया सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ ।’

    गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए । सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिमाणात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो ।

    इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्