images
images
  • Latest Update

    Trending

    मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपीएफ उपाधिका लागि खेल्दै

    कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो ।

    फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

    सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीय हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्