images
images
  • Latest Update

    Trending

    गठबन्धन गलत भन्ने सुझाव आयो : महामन्त्री थापा

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् ।

    आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् ।

    अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अब पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे ।

    नागरिक संवादका क्रममा विकास योजना, बजेटलगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्