images
images
  • Latest Update

    Trending

    राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकको समीक्षाः निर्णय कार्यान्वयन भएनन्, चैतमा तेस्रो बैठक

    काठमाडौं- राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले संघीयता कार्यान्वयनसँगका विषयमा भएका निर्णयको कार्यान्वयन प्रभावकारी बनाउने निर्णय गरेको छ।

    बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले पहिलो बैठकका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारीता नदेखाएको निस्कर्ष निकालेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। उनले आजको बैठकमा पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएको विषयमा छलफल भएको जानकारी दिए।

    पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको र कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको नदेखिएको बताउँदै उनले कार्यविस्तृतीकरण लगायका विषयहरु प्रस्तुत गरेको भए पनि आवश्यक तयारी नभएकाले फागुन मसान्तसम्ममा सबै कार्यसूचिमा व्यवस्थित तयारी गर्ने र चैतको मसान्तसम्म संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने निर्णय भएको उल्लेख गरे।

    पौडेलले भने, ‘राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक सम्पन्न भयो। पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएका अरु यावत विषयहरु कानून निर्माण, संशोधनको विषय, साझा सूचिको कार्यान्वयन, विकासका आयोजनामा दोहोरोपन देखिएको विषय, संरचनामा देखिएको दोहोरोपन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल गर्ने र निर्णय गर्ने भनेर बैठकको आयोजना भएको थियो। पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको वा कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको देखिएन।’

    फागुन मसान्तसम्ममा सबै कार्यसूचिमा व्यवस्थित तयारी गर्ने र चैतको पहिलो वा दोस्रो र ढिलोमा चैत्र मसान्तसम्म तेस्रो बैठक बसेर संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने उनले बताए।

    बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यविस्तृतीकरण सम्बन्धी मस्यौदा संघले ढिलो गरेर दिएपछि आफूहरुले अध्ययन गर्न नपाएको गुनासो गरे। उनले तयारी नपुग्दा छलफल अर्को बैठकमा गर्ने गरी बैठक सकिएको बताए।

    बैठकपछि बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैठकमा संघीयता कार्यान्वयन र ऐन, कानून निर्माणको सन्दर्भमा वृहंगम छलफल भएको बताए। उनले अब छिट्टै तेस्रो बैठक बस्ने र कार्य विस्तृतिकरणका काम टुंग्याउने सहमति भएको बताए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्