images
images
  • Latest Update

    Trending

    विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल च्याम्पियनसिप-२०८० पोखरामा हुँदै

    ललितपुर । अपांगताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका साथि सेवाको आयोजनामा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० प्रतियोगिता हुने भएको छ ।

    अपांगता भएका व्यक्तिहरुलाई खेलकुदमा प्रोत्साहन तथा विकास र प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ संस्थाले पोखरा रंगशालाको बास्केटबल कोर्टमा र रामघाटस्थित पुन समाजको कर्बड हलमा फागुन २०-२१ (मार्च ३-४) गते आइतबार र सोमबार दुई दिने प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा १५ टोलीको सहभागिता रहने छ ।

    संस्थाका संस्थापक कार्यकारी निर्देशक विकास अधिकारीको दोस्रो वार्षिक स्मृतिमा आयोजित ह्वीलचियर बास्केटबल प्रतियोगितामा आर्मीको टिम र सशस्त्रको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम, महिला टिम ६ समुहले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले जानकारी दिनुभयो ।

    सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा स्थापित विकास शिल्ड अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रियस्तरको खेलकुद आयोजना गर्ने एक परियोजना हो ।

    स्वर्गीय अधिकारीले आफनो जीवन नै अपांगता भएका व्यक्तिहरुको मुहारमा उत्साह, खुशी, जोश, आनन्द, सम्मान र मर्यादाको साथ पूर्णताको जीवन अनुभव गर्न पैरवी गर्ने कार्यमा आफनो जीवन समर्पित गर्नु भएकोले उहाँको सम्मान स्वरुप प्रत्येक २ वर्षमा एक पटक विभिन्न राष्ट्रियस्तरको अपांगता खेलकुद कार्यक्रम आयोजना गर्ने उहाँको जीवन संगिनी साथै संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले जानकारी दिनुभयो ।

    सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताको विजेता हुने महिला तथा पुरुष ६ समुहबाट प्रथम हुने टोलीले ५०, हजार दोस्रो हुनेले ४० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना पुरस्कार ५ हजारसहित वेस्ट च्याम्पियन स्कलर सम्पूर्ण विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ ।

    संस्थाका अध्यक्ष कोष विलास अधिकारीले आफू स्वयं अपांगता भएका व्यक्ति भएकोले अपांगता भएका व्यक्तिहरु अरु व्यक्तिहरु खेल्न सक्छन् भन्ने सन्देश दिन समेत प्रतियोगिता आयोजना गरिएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्