images
images
  • Latest Update

    Trending

    सशस्त्र प्रहरीका १०० एसपीको एकैपटक सरुवा

    काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ । उनीहरुले सरुवा भएको कार्यालयबाटै फागुन १ गतेदेखि तलब भत्ता तथा राशन पाउने छन् ।

    संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात नयाँ बढुवा भएका सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक टोलीका सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर ब्याच सि.सं. २ र अन्य विभागिय सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्डको जिम्मेवारी दिईएको हो ।

    सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतमा गरेका कमाण्डको समेतलाई आधार मानी जेष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सोही अनुसारको जिम्मेवारी दिईएको हो । संगठनले अख्तियार गरेको पूर्वानुमान सूचीमा आधारित रहि हाल रिक्त रहेका कमाण्डलाई आधार मानी मेरिट अनुसार ४१ जना सशस्त्र प्रहरी उपरीक्षहरुले कमाण्डको जिम्मेवारी प्राप्त गरेका छन् ।

    उनीहरुको पूर्वानुमान सूची यही असोज ५ गते प्रधान कार्यालयले ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा सूचीकृत गरी प्रकाशन गरेको थियो ।

    पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना गरेको छ ।

    नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्