images
images
  • Latest Update

    Trending

    क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूतमा नियुक्त गरेका छन् । क्यानडा लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    सरकारले तत्कालीन परराष्ट्र सचिव पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो भने कात्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्