images
images
  • Latest Update

    Trending

    कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री

    विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थप्दै सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

    कोशीमा नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रदिपकुमार सुनुवारलाई स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    माओवादी केन्द्रबाट मन्त्री बनेका राजेन्द्र कार्कीलाई सामाजिक विकास र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भएका छन् । उनीहरु दुवै कांग्रेसका हुन् । ६ जना थपिएपछि कोशीको मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्