images
images
  • Latest Update

    Trending

    फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने

    काठमाडौं–  काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ । 

    महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो । 

    वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकाय हुने प्रावधान रहेको कुरा महानगरपालिकाले स्मरण गराएको छ । 

    ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको रहेको कुरामा पनि महानगरले सचेत गराएको छ । सूचना विपरीत फोहोर व्यवस्थापन नगरे कानुन बमोजिम कारबाही हुने चेतावनी महानगरको वातावरण विभागले दिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्