images
images
  • Latest Update

    Trending

    अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता

    काठमाडौं- अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ्गको उपस्थितीमा सम्झौता भएको हो ।

    अष्ट्रेलियाको पर्थ शहरमा २६–२७ माघमा जारी सातौं प्रशान्त महासागर सम्मेलनको साइडलाइनमा सम्झौता भएको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । सम्झौता भएको हो ।

    अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स, अधिकारी ग्यारी कोवान र अष्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौताले अष्ट्रेलिया र नेपालबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाउनुका साथै व्यापारलाई थप विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

    अष्ट्रेलिया र नेपालबीच बलियो द्विपक्षीय सम्बन्ध रहिआएको र अब यो सम्बन्ध व्यापार तथा लगानी क्षेत्रमा पनि विस्तार भएको काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । अष्ट्रेलिया नेपालको छैठौं ठूलो वैदेशिक लगानी गर्ने मुलुक हो भने नेपाली विद्यार्थीमाझ अष्ट्रेलिया उच्च तथा प्राविधिक शिक्षाका लागि रुचाइएको अन्तराष्ट्रिय गन्तब्य मुलुक हो ।

    नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा पनि अष्ट्रेलियाले सहयोग गरिरहेको छ । गत वर्ष झण्डै ३९ हजार अष्ट्रेलियन पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्