images
images
  • Latest Update

    Trending

    बिस्थापित दलित बस्तीमा घरै पिच्छे धारा

    सिन्धुपाल्चोक, लिस्तिकोट । चेमनेसर पहिरोले विस्थापित भई भोटकोशी गाउँपालिका–१ मा आई बसेका दलित बस्ती सेबुङमा घरैपिच्छे धारा निमार्ण भएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि र जमीन चिराचिरा पारेपछि ४५ घरधुरीका दलित समुदाय सेबुङमा आई बसेका थिए । बषौंदेखि उक्त दलित बस्तीमा खानेपानीको चरम समस्या थियो ।

    एसिया नेपालको आर्थिक सहयोग, जनहित नेपालको सहजीकरण र भोटेकोशी गापा–१ को समन्वयमा सेबुङमा १२ वटा धारा निमार्ण भएका छन् । तीन किलोमिटर टाढामा रहेको मयङबुखोलाको मुहानबाट पानी ल्याई अंगेरीडाँडामा ८ हजार लिटरको टयाङकी निमार्ण गरेर सेबुङस्थित दलित बस्तीमा स्वच्छ खानेपानी पु-याईएको जनहित नेपालका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए । उनकानुसार उक्त वडामा ७८ लाख लागतमा कृषि र खानेपानीमा काम गरिएको छ ।

    एसिया नेपालका कार्यकारी निर्देशक नवराज आचार्यले उक्त वडाको छगाममा सन २०१८ मा १४ वटा धारा, सापुखानीमा सन २०२१ मा २० वटा धारा निमार्ण गरिएको बताए । त्यसबेला छगाम, बगामका किसानलाई ६० वटा चौंरी खरीद गरी हस्तान्तरण गरिएको थियो । अहिले पनि स्थानीय भूमेश्वरी आधारभूत बिद्यालयसहित दलित बस्तीमा खानेपानी निमार्ण गरिएको छ । घरआँगनैमा धारासहित पानी आएपछि पानीको समस्या हटेको ६० बर्षीया सञ्चकुमारी बिकले खुशी पोखिन् । यसअघि एक गाग्री पानी ल्याउन पनि घण्टौ समय लगाएर टाढा पुग्नु पर्ने थियो । आँगनैमा पानी आएपछि घरायसी प्रयोजनमा, चौपायालाई खुवाउन, लत्ताकपडा धुन, सरसफाई गर्नका साथै तरकारी खेती र नगदे बालीमा समेत पानी प्रर्याप्त पुगेको बिकले बताइन् ।

    भोटेकोशी गाउँपालिका–१ का अध्यक्ष साङबु लामाले दलित बस्तीमा खानेपानीका समस्या समाधान गर्ने एसिया नेपाल र जनहित नेपाललाई धन्यवाद प्रकट गरे । गैरसरकारी संस्थाहरुले आफ्नो वडा र पालिकामा दलित, बिपन्न, पिछडिएका समुदाय, महिला, बालबालिकाहरुको पक्षमा कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा गरेका कामको उहाँले प्रशंसा गरेका छन् । वडा कार्यालयले सबै बर्ग, समुदाय, क्षेत्रमा बिकास निमार्ण, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक, भौतिक पूर्वाधारमा काम गरि समृद्धि हाँसिल गरिरहेको अध्यक्ष लामाले जोड दिए । विस्थापित भई सेबुङमा आएर बसेका दलित समुदाय अझै पनि जग्गा भाडामा लिई टहरा हालेर बसिरहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्