images
images
  • Latest Update

    Trending

    ख्रीष्टियन सांगितिक क्षेत्रमा पास्टर एनोस खवासको हृदयभक्ति ‘आराधना’ गित रेर्कड

    ललितपुर । नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा उदयमान सुमधुर स्वरका धनी गायक तथा संगितकार मुक्ति चर्च हात्तिवनका पास्टर एनोस खवासको ‘आराधना’ नामक गित रेर्कड भएको छ ।

    ‘आराधना’ नामक गित हृदयको अन्तस्करणदेखि धन्यबाद सहितको हृदयभक्ति पूर्ण गित हो । गितमा गायक पास्टर एनोस खवास, क्षितिज उराँवे र नवीन सुनुवारले संयुक्त रुपमा स्वर दिएका छन् ।

    नेपाली चर्चमा गरिने आराधनाका लागि बनाइएको यस गित केही दिनमै रिलिज हुने तयारीमा रहेको छ । ‘आराधना’ गितको शब्द तथा संगित गायक खवासले नै दिएका हुन् । भने, संगित संयोजन गायक नवीन सुनुवारले गरेका छन् ।

    आराधना गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेकोले भजन गितले नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा इतिहास रच्ने कुरामा आफू विश्वस्त रहेको गायक तथा संगितकार खवासले बताए ।

    आराधना एक विश्वव्यापी ख्रीष्टियनहरुको धार्मिक विधि भएकोले येशू ख्रीष्टले मरणशील मानवजातिलाई अनन्त जीवन, आशिष् र मुक्ति दिनुभएर मानिसको पाप सित्तैँमा क्षमा गरिदिनुभई स्वर्गमा डोऱ्याउनुहुने परमेश्वरको उदात्त प्रेमप्रति धन्यवाद चढाउँदै प्रार्थना र स्तुतिद्वारा परमेश्वरको महिमा गर्ने अनि आफूलाई विनम्र तुल्याएर परमेश्वरलाई आदर गर्ने कुरामा ख्रीष्टियनहरुले विश्वास गर्दछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्