images
images
  • Latest Update

    Trending

    माओवादीको प्रथम विधान अधिवेशन, २० समूहमा छलफल

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गरे ।

    पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।

    तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्