images
images
  • Latest Update

    Trending

    जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजको ऐतिहासिक युगान्तकारी परिवर्तनको निम्ति  निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको दाबी गरेका छन् । 

    काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले भने, ‘जनयुद्धकाबारे नेपालमा तथा विश्वमा पनि विभिन्न ढंगले बहस भइरहेको छ तर एउटा कुरामा भने कसैको विमति हुन सक्दैन विमति जनाउँछ भने त्यो ढोङ हो कृतम कुरा हो छल हो ढाट हो त्यो के हो भने नेपालको  आजको ऐतिहासिक युगान्तकारी परिवर्तन जो छ त्यसको निम्ति निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै हो । त्यसमा कुनै शंका छैन ।’

    यसैबीच सरकारले जनयुद्ध दिवसलाई औपचारिक रूपमै राज्यको तर्फबाट सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले विदा दिन उचित नहुने भन्दै खारेज गरिदिएको बताए । अदालतको निर्णय मान्नुपर्ने कर्तव्य ठानेर अगाडि बढेको बताए । यसबारे पनि पुन मन्त्रिपरिषद्को बैठक बसेर छलफल गर्ने बताएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्