images
images
  • Latest Update

    Trending

    माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन् : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरूलाई अलमल्याइरहेको आक्षेप लगाएका छन् ।

    मंगलवार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका छन् ।

    उनले माधव नेपालले मान्छेहरूलाई भ्रम दिएर झुक्याएको पनि बताए । उनले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अलमल्याएको समेत बताए ।

    उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गरे ।

    अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धीको विरोधमा पार्टी फुटाउनेहरू सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गरे । उनले माधव नेपालले बिजनेसका लागि राजनीति गरेको टिप्पणी पनि गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्