images
images
  • Latest Update

    Trending

    विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

    काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाइ दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फका प्रस्थान होल्ड ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी रियल एक लाख ४९ हजार र युएई दिराम १० हजारसहित गोलेलाई पक्राउ गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

    उनका अनुसार गोलेलाई पक्राउ गरेपछि मुद्रा सम्बन्धमा सोधपुछ गर्दा उक्त रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ का ३४ वर्षीय माइला स्याङ्बोले दिएको खुलेपछि स्याङ्बोलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्