images
images
  • Latest Update

    Trending

    पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका कार्यक्रम निर्देशक बराल सहित ५ जनाले पाए सफाइ, २ जना दोषी ठहर

    काठमाडौं- पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री सहित पाँच जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

    थापा क्षेत्रीसहित लेखा अधिकृत रामप्रसाद बजगाईं, पूजा शर्मा, किराँत याकथुम चुमलुङ (कियाचु) कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले सफाइ पाएका हुन्।

    व्यवस्थापक तेजमान कन्दङ्वा र लाइफ टाइम इन्जिनियरिङ प्रालिका सञ्चालक रोशन भट्टराई भने दोषी ठहर भएका छन्।

    विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको मंगलबारको इजलासले उनीहरुलाई सफाइ र दोषी ठहर गरेको हो।

    दोषी ठहर भएकाहरुलाई १८ लाख ४७ हजार २१९ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो समेत भराउने फैसला गरेको छ। त्यसैगरी ३ महिना कैद र १० हजार जरिवना समेत सुनाइएको छ।

    पशु सेवा विभाग, पशुपन्छी वजार प्रवर्द्धन निर्देशनालयबाट विगत पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुमको म्याङलुङ, नगरपालिका–५, जिरीखिम्ती, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त गरेका थिए।

    तर, उक्त अनुदान मापदण्ड विपरीत निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्