images
images
  • Latest Update

    Trending

    ´लाज शरणम्` चलचित्र निर्माण गर्दै सक्किगोनी टिम

    काठमाडौं । हास्य टेलिसिरियल सक्किगोनी टिमले ´लाज शरणम्` नामक चलचित्र निर्माण गर्ने भएको छ । केहि समयदेखि उक्त टिम चलचित्र लेखनमा ब्यस्त छ ।

    पहिलो चरणको चलचित्र लेखनको कार्य समाप्त भएसंगै टिमले बुधबार बेलुकी बसन्त पञ्चमी र प्रेम दिवसको अवसर पारेर एक पोष्टर मार्फत चलचित्रको नाम सार्वजनिक गरेको छ ।

    सामाजिक कथाबस्तुमा निर्माण हुनलागेको उक्त चलचित्र आगामी बर्षसम्म रिलिज हुने र सो चलचित्रमा हाल सक्किगोनीमा अभिनय गरिरहेका कलाकारहरु लगायत अन्य बाहिरी कलाकारहरु समाबेश हुने साथै चलचित्रको बारेमा बिस्तृत जानकारी क्रमश गराउदै जाने सक्किगोनिका निर्देशन, लेखक तथा कलाकार कुमार कट्टेल ´जिग्री` बताउछन ।

    हास्य टेलिसिरियल भद्रगोल मार्फत अभिनय यात्रामा होमिएको सोही टिमले सक्किगोनी सम्म आईपुग्दा कलाकारितामा करिब एक दशक समय बिताईसकेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्