images
images
  • Latest Update

    Trending

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिवका आकांक्षीहरुद्धारा दावी प्रस्तुत

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । चैत ९ र १० गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एघारौँ अधिवेशनमा चार जना अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सदस्य पदका आकांक्षीहरुले उम्मेदवारी दावी प्रस्तुत गरेका छन् । आकांक्षीहरुले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा मार्फत उम्मेदवारी दर्ता गर्ने जनाएका छन् ।

    अध्यक्षका लागि बुद्धराज बस्नेत, शम्भु बहादुर तिमल्सिना, अमृत कार्की, सुमन खत्रीले आकांक्षा राखेका छन् । बरिष्ठ उपाध्यक्ष पदमा उमेश प्रधान, बिदुर पराजुली, सूर्य कार्की लगायतले आकांक्षी रहेका छन् । उनीहरूले २८औँ वार्षिक साधारणसभामा नवीन एजेन्डा प्रस्तुत गर्ने तयारी गरेका छन् । वर्तमान अध्यक्ष होमबहादुर (राजकुमार) बस्नेतले नदोहोर्याउने लगभग निश्चित भएपछि चार जना आकांक्षीले अध्यक्षमा उम्मेदवारी दिने उद्घोष गरेका छन् ।

    अध्यक्षका चारैजना आकांक्षी मित्रराष्ट्र चीनबाट सामान आयात र बिभिन्न उद्योग ब्यबसायमा संलग्न रहेका छन् । संघको सल्लाहकार समितिमा सह–सभापतिको भूमिकामा रहेका बुद्धराज बस्नेतले नेतृत्वमा आउने तयारी थालेका छन् । बस्नेत नवौँ अधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । एघारौं अधिबेशनबाट अध्यक्षमा चुनिएर संघको गतिबिधि बढाउनेमा उनी लागेका छन् ।

    ०५२ सालमा स्थापना भएको संघको संस्थापक सदस्य भएर सात कार्यकाल अनुभव बटुलेका बर्तमान महासचिव शम्भु बहादुर तिमल्सिनाले नेतृत्वमा आउने दावी गरेका छन् । स्थानीय ब्यबसायी, साना तथा मझौला, ठूला ब्यापारी ब्यबसायीका हकहित र अधिकारमा काम गर्न आफुले अध्यक्षमा दावी गरेको उनले बताएका छन् । संघलाई नाकामुखी मात्रै नभई जिल्लाभरका सबै खाले ब्यापारी ब्यबसायी उद्योगीहरुको अपनत्व लिने संघ बनाउनका लागि अध्यक्षमा आकांक्षा राखेको तिमल्सिनाले जानकारी दिए । बर्तमान द्धितीय उपाध्यक्ष अमृत कार्कीले संघको नेतृत्व लिएर संघलाई राष्ट्र र अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि अध्यक्षमा उम्मेदवारी दिने बताए । संघमा आबद्ध सबै सदस्यको साझा भावनामा काम गर्ने उनले उद्घोष गरेका छन् । युवा व्यवसायी सुमन खत्रीले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । व्यापारी, व्यवसायी र उद्यमीका लागि केही गर्ने उद्देश्य राखेर नेतृत्व लिन खोजेको खत्रीले भनाई छ ।

    बरिष्ठ उपाध्यक्षमा बर्तमान कोषाध्यक्ष उमेश प्रधान, बिदुर पराजुली, सूर्य कार्कीले उम्मेदवारी दिने भएका छन् । संघमा आबद्ध सदस्यहरुका बीच लोकप्रिय मानिएका प्रधानले बरिष्ठ उपाध्यक्षमा चुनिएर संघलाई सबै ब्यापारी,ब्यबसायी, उद्योगीहरुको साझा थलो बनाउने उनको योजना रहेको छ । बिगतदेखि नै उनी ब्यापारी ब्यबसायीको हकहितमा अहोरात्र खटदै आईरहेका छन् । महासिचवमा युवा ब्यबसायी ईश्वर गुमाजुले उम्मेदवारी दिने योजनामा छन् । ब्यापार ब्यबसायबाट समृद्धि हाँसिल गराउने उद्धेश्यले आफूले महासचिवमा दावी गर्ने उनको भनाई छ । ‘अधिबेशनबाट सर्वसम्मत नेतृत्व चुन्ने प्रयासमा संघ रहेको’ बर्तमान अध्यक्ष होम बहादुर (राजकुमार) बस्नेतले बताए । बर्तमान वरिष्ठ उपाध्यक्ष रामकाजी पौडेल नेपालमा छैनन् । प्रथम उपाध्यक्ष उमेश कसजू हाइड्रोपावर व्यवसायमा संलग्न छन् । हालसम्म उनले नेतृत्वमा आउने चाहना राखेका छैनन् ।

    मार्नाथ उपाध्यक्षद्वय जगन्नाथ चालिसे र दिलीपराज गिरी कुन पदमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् । बर्तमान सह–कोषाध्यक्ष विचारी पराजुलीले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य पदाधिकारी र सदस्यमा दर्जन बढी सदस्यहरुले आकांक्षा ब्यक्त गरेका छन् । व्यापारी र व्यवसायीबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ हाँक्ने नयाँ नेतृत्वका लागि बहस जारी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्