images
images
  • Latest Update

    Trending

    शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार

    काठमाडौं – नामिबियासँगको हारपछि नेपालका कप्तान रोहितकुमार पौडेलले शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवारी लिन नसकेको बताएका छन् ।

    आइसिसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा आज नामिबियासँग ४ विकेटले हारेपनि कप्तान पौडेलले यस्तो बताएका हुन् । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले खेलमा सुरुको ४५ मिनेट महत्वपूर्ण हुने बताए ।

    नेपालका ओपनर कुशल भुर्तेल इनिङकै पहिलो बलमा डक आउट भएका थिए । नेपालको सुरु राम्रो नभए पनि पछिल्लो क्रमले इनिङ्सलाई सम्हाल्नुपर्नेमा त्यसो हुन नसकेको कप्तान पौडेलले तर्क गरे । नेपालका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार ब्याटिङ नगर्दा ४१.१ ओभरमा १३२ रन बनाउँदा अल आउट भएको थियो ।

    नेपालका प्रशिक्षक मोन्टी देशाईंले नेदरल्याण्ड्सविरुद्ध खेल्दा आज भएका कमजोरी सुधार गरेर आउने बताए । आज टप अर्डरका ४-५ ब्याट्सम्यानले लिम्मेवारी नलिदा कम स्कोर भएको उनको भनाई थियो । २३० देखि २४० सम्म स्कोर बनाउन सकेको भए नतिजा पक्षमा ल्याउन सकिने उनले बताए ।

    कुशल मल्ल र भीम सार्कीले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । प्रशिक्षक मोन्टी देशाईका अनुसार यो साझेदारी केही ठूला हुनुका साथै अर्को एउटा राम्रो साझेदारी भएको भए खेलको अवस्था फरक पर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्