images
images
  • Latest Update

    Trending

    माओवादी महाधिवेशन प्रतिनिधि बन्न १० वर्षको अनुभव हुनुपर्ने

    काठमाडौं– माओवादीको मस्यौदा विधानमा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न निश्चित पार्टी सदस्यता लिई दश वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

    मस्यौदामा युवा र गरिबीको रेखामुनि रहेको परिवार, महिला, दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, थारू अपाङ्गतालाई भने मापदण्डमा केही लचकता देखाइएको छ । यस्तो समूहबाट प्रतिनिधित्व गर्नेले भने पार्टी सदस्यता लिई ८ वर्ष मात्र काम गरेको भए पनि हुने मापदण्ड तोकिएको छ । 

    त्यस्तै, राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा गर्ने विधानमा उल्लेख छ । राष्ट्रिय महाधिवेशनको जिम्मेवारी राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र आवश्यक अन्य प्रस्ताव पारित गर्ने पनि विधानमा समावेश गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्