images
images
  • Latest Update

    Trending

    ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीले पाए सफाइ

    काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिहरूको नाममा गरेको प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ ।

    विशेष अदालतले ललिता निवास प्रकरणमा मुद्धा चलाइएका मध्ये पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार,पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका हुन् ।

    विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा सुनुवाइ गरेका थिए । माघ २ गतेदेखि उक्त इजलासमा सुनुवाइ हुँदै आएको थियो ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो ।

    अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार,पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्