images
images
  • Latest Update

    Trending

    बरिष्ठ उपाध्यक्षका बलिया आकांक्षी

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशन चैत ९ र १० गते बाह्रबिसेमा हुदैँ छ । उक्त अधिवेशनले नयाँ कार्य समिति चयन गर्दैछ । संघमा पदाधिकारी देखि सदस्य पदका लागि आकांक्षा प्रकट गर्नेहरु बढदै गइरहेका छन् ।

    बरिष्ठ उपाध्यक्षका आकांक्षी मध्ये उमेश प्रधान बलिया आकांक्षीको रुपमा रहेका छन् । साना, मझौला, ठूला, ब्यापारी ब्यबसायी, उद्योगहरुका बीचमा लोकप्रिय मानिने प्रधान सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका बर्तमान कोषाध्यक्ष पनि हुन् । ब्यापार, ब्यबसाय, सामाजिक कार्य, बिभिन्न क्लब, सामाजिक संघसंस्थामा आबद्ध भई प्रधान युवा पुस्तादेखि अग्रजहरूका माझ लोकप्रिय छन् । ब्यापार, ब्यबसायका साथै सामाजिक काममा नेतृत्वदायी भूमिकामा रहदै आएका प्रधानले ११ औं अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा चुनिएर संघलाई सशक्त रुपमा हाँक्ने उद्घोष गरेका छन् ।

    प्रधानले बरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेसँगै जिल्लाभरिका ब्यापारी, ब्यबसायी, उद्योगीहरुले उनलाई हौसला प्रदान गर्न थालेका छन् । संघ नाफामुखी व्यापारीहरुको मात्रै नभएर जिल्लाभरिका सबै ब्यापारी, ब्यबसायी, उद्योगी र सरोकारवालाको संघ बनाउन प्रधानलाई शुभेच्छा प्रकट गर्न थालेका छन् । आफू बरिष्ठ उपाध्यक्षमा चुनिएर सबैको साझा भावनामा अनुरुप संघका कामलाई गति दिने प्रधानले बताएका छन् । ११ औं अधिवेशनबाट छनौट भएका पदाधिकारी, सदस्यले सबै खाले ब्यापारी, ब्यबसायी, उद्योगीको चाहना, भावना अनुसार काम गर्ने प्रधानले बताएका छन् ।

    मित्रराष्ट्र चीनको सीमा तातोपानी नाका, रसुवा नाकाबाट आयात निर्यातमा संलग्न ब्यापारी, ब्यबसायीका हकहित स्थापित गर्न, नाकाबाट सहजै रुपमा आयात–निर्यातका वातावरण बनाउनका लागि चीन सरकार र सम्बन्धित पक्षसँग रणनीतिक, कुटनीतिक पहलकदमी गर्न, नाका जोडिएका सडक स्तरोन्नति गर्न, ब्यापारी,ब्यबसायी,उद्योगीको समस्या समाधान गर्न, स्थानीय ब्यापारी, ब्यबसायी, लघु उद्यमी, उद्योगहरुका ब्यवसायिक समस्या हल गर्नका साथै समृद्ध जिल्ला, समृद्ध जिल्लाबासी बनाउनका लागि बरिष्ठ उपाध्यक्षमा आफ्नो आकांक्षा रहेको प्रधानले जानकारी दिएका छन् ।

    संघको नवौं अधिवेशनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका प्रधानको कार्य क्षमताका कारण संघ आबद्ध मतदाताले उनलाई दशौं अधिवेशनमा कोषाध्यक्षमा निर्वाचित गरेका थिए । संघको सबै खाले काममा निर्णायक भूमिका निर्वाह गर्दे आएका प्रधानलाई ११ औं अधिवेशनमा पनि बरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउने उनले आशा लिएका छन् । बलेफी गाउँपालिका–८ लामोसाँघु स्थायी ठेगानाका प्रधान पाथीभरा लजिस्टिक र माता हिरा देवी कम्प्लेक्सका संचालक हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्