images
images
  • Latest Update

    Trending

    आर्थिक रूपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री

    काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रूपान्तरणको बलियो खम्बा कृषि रहेको बताए । बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचार गोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे । 

    ‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो । तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ’, उनले भने, ‘आर्थिक रूपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रूपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।’

    मन्त्री डा महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टी गर्न आवश्यक रहेको बताए ।

    ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रूपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा. महतको भनाइ थियो । 

    प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए ।

    प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने गोष्ठीमा शुक्रबार ऊर्जा, सुशासन विषयमा छलफल गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्