images
images
  • Latest Update

    Trending

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा उपाध्यक्षका आकांक्षी राजेश

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशन चैत ९ र १० गते बाह्रबिसेमा हुदै छ । उक्त अधिवेशनमा पदाधिकारी र सदस्य पदका लागि आकांक्षीहरु खुलिरहेका छन् । बर्तमान कार्यसमितिका सदस्य राजेश श्रेष्ठ सो अधिवेशनमा उपाध्यक्षको आकांक्षी रहेका छन् ।

    चीनको उत्तरी सीमा तातोपानी नाका, रसुवा नाकाबाट आयात–निर्यात बढावाका लागि सरकारलाई दवाव दिन, कोदारी राजमार्गको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउन, जोखिमपूर्ण ढुवानी सेवा र कन्टेनर बीमाका साथै स्थानीय साना, मझौला, ठूला ब्यापारी, ब्यबसायी, उद्योगीहरुको ब्यवसायिक समस्या समाधानका लागि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने श्रेष्ठले जानकारी दिएका छन् ।

    नाका आबद्ध ब्यापारी, ब्यबसायी, उद्योगी पलायन हुनबाट जोगाउन, ब्यापारिक कार्यलाई पूर्ण सुरक्षाका वातावरण बनाउन, ब्यापारिक कारोबारबाट मुलुकको अर्थतन्त्र सुधार गर्न, आत्मनिर्भर ब्यबसायी बनाउन श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिने लागेका छन् । अग्रजहरूलाई सम्मान र उनीहरुको अनुभवलाई मार्गदर्शनको रुपमा ग्रहण गदै सम्मानजनक ब्यापार, सम्मानित ब्यापारीको अवधारणा अनुरुप संघलाई हाँक्नका लागि उम्मेवारी दिने उनको भनाई छ ।

    बाह्रबिसे नगरपालिका–४ स्थायी ठेगानाका श्रेष्ठले जिल्लाभरका साना, मझौला ब्यबसायी, ब्यापारीको मर्म र समस्या राम्ररी बुझेका छन् । त्यस्ता ब्यबसायीका हकअधिकार स्थापित गर्न राज्यका सम्बन्धित निकायमा बिशेष पहलकदमीका लागि आफू सक्षम रहेकोले उपाध्यक्षमा निर्वाचित गराउन उनले मतदाता सदस्यलाई आग्रह गरेका छन् । संघलाई साना, मझौला, ठूला सबै खाले ब्यापारी, ब्यबसायीले अपनत्व लिन सक्ने र गर्व गर्न लायक बनाउन थुप्रै दृष्टिकोण रहेको राजेशले बताएका छन् । उल्लेखित प्रतिबद्धताहरू पूरा गर्न निरन्तर लाग्ने उनले वचनबद्धता गरेका छन् ।

    अन्तरदेशीय उद्यमीका रुपमा पहिचान बनाएका राजेशले सन २०१० देखि चीनबाट तातोपानी नाका, रसुवा नाकाबाट सामान आयात–निर्यात गदै आईरहेका छन् । तातोपानी नाकाबाटै ब्यापारिक कारोबार गर्न श्रेष्ठले चीनबाट व्यापारीहरुलाई प्रोत्साहन दिदै आईरहेका छन् । हाल तातोपानी नाकाबाट उनले बिद्युती सामान, बिभिन्न उपकरण, लत्ताकपडा, लगायतका सामानहरु पठाउने गरेका छन् । एक कुशल ब्यापारका रुपमा पहिचान बनाएका श्रेष्ठले बिरामी, असहायलाई आर्थिक सहायता, शैक्षिक, खेलकुद क्षेत्रमा सहयोगका साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा दर्जनौलाई रोजगारी दिदै सामाजिक सेवामा लाग्दै आएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्