images
images
  • Latest Update

    Trending

    तेस्रो पटक विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव

    काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन्। जनमत पार्टीका दुई मन्त्रीले गत माघ ९ गते राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

    विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिनका लागि मधेस प्रदेश सभा सचिवालयलाई गत बिहीबार पत्र पठाएका थिए ।

    जसपाका यादव गत पुस २७ गते मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

    मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्