images
images
  • Latest Update

    Trending

    संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ)

    काठमाडौं – आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रश्नोत्तर गरे । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई १३ सांसदले समसामायिक विषयमा विभिन्न प्रश्न गरेका थिए ।

    प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम गराउने विषयमा सरकारले खुट्टा नकमाउने जिकिर गर्दै आफूलाई सरकार ढल्ला भन्ने कुनै पनि चिन्ता नरहेको तर्क गरे ।

    प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार ढल्ला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए । बरु कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

    हेनुहोस प्रधानमन्त्रीसँग सांसदको प्रश्न र जवाफ-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्