images
images
  • Latest Update

    Trending

    तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं- तीन पूर्वसचिव सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मा सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, सदस्यहरु मुकुन्द पौडेल र रुद्रसिंह तामाङलाई प्रतिवादी बनाएको छ ।

    त्यसैगरी, अख्तियारले दायर गरेको मुद्दामा चन्द्रबहादुर थापा, मणिचन्द्र न्यौपाने, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता कम्पनी इप्तीसा सर्भिस डी इन्जिनीयरिङ एसएल र बीईटीई कन्सल्टिङ सर्भिस जेभी र निर्माण व्यवसायी सीएमसी डी रभेनालाई पनि प्रतिवादी बनाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्