images
images
  • Latest Update

    Trending

    काँग्रेस महासमितिसामु आम जनताको अपेक्षा

    नेपाली कांग्रेस पार्टी, नेपालको सबैभन्दा पुरानो र प्रभावशाली राजनीतिक दलहरू मध्ये एक, आफ्नो महासमिति बैठकको अन्तिम तयारीमा जुटेको छ, जुन पार्टीको भावी दिशा र नेतृत्वलाई आकार दिने महत्वपूर्ण अवसर पनि हो।

    महासमिती बैठकको आज उद्घघाटन सत्र सुरुवात हुँदै गर्दा आम जनतामा आशा र अपेक्षा बढ्दै गएको छ र पार्टीले राष्ट्रका प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा आम जनताले लिएका छन् ।

    नेपाली कांग्रेसको १४ औ महाधिवेशन पश्चात र आमनिर्वाचन पछिको पहिलो पटक बस्न लागेको नेपाली कांग्रेसको महासमिति बैठक आज फागुन ७ गते देखि १० गते सम्म ललितपुरको गोदावरीमा आयोजना हुन गईरहेको छ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापति भातृ र शुभेच्छुक संस्था मनोनित महासमिति सदस्य विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरुको उल्लेखनीय उपस्थिति रहने महासमिति बैठकलाई सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले नजिकबाट नियालिरहेका छन् ।

    देशको ठूलो लोकतान्त्रिक पार्टीको हैसियतले पार्टीको नीति र भावि कार्ययोजना मात्र तय गर्ने नभएर समग् मुलुक र जनभावना अनुसारका विचारलाई सम्बोधन गर्नुपनि यस महासमिति बैठकको दायित्व भित्र पर्दछ । राष्ट्रिय रुपमा एकातिर रास्वपा जनमत नागरिक उन्मुक्ति जस्ता नयाँ बैकल्पिक लोकतान्त्रिक पार्टीको उदय हुनु र अर्का तर्फ दक्षिणपन्थीहरु सक्रिय रुपमा राजतन्त्रका वकालतमा उत्रिनु र जनताहरु बढ्ढो महङ्गी भष्टचारले गर्दा वर्तमान शासन पद्धतीमाथी नै चरम निरासा व्यक्त गरिरहेको अवस्थामा हुन लागिरहेको कांग्रेसको महासमिति बैठक आफैमा महत्वपूर्ण रहेको छ । महासमिति बैठकले गर्ने निर्णयहरुले अहिलेका चुनौतिका चाङ्हरुलाई कसरी सम्बोधन गर्दछ भन्ने कुरा आगामी बैठक पछि प्रष्ट हुनेनै छ ।विशेषत् यस आलेखमा जनताहरुको भरोसाका पार्टीको रुपमा रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा गरिएका अपेक्षाहरु उजागँर गर्ने प्रयत्न गरिएको छ ।

    १. संघियताको सबलिकरणः नेपाली कांग्रेसको नेतृत्वमा जारी गरिएको संविधान २०७२ पश्चात स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल आज आठौ वर्ष पुरा गरिसकेको छ । स्थापनाको आठौ वर्षपुग्दा नपुग्दै लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको वैकल्पिक व्यवस्थाको बारेमा चर्चापरिचर्चा हुन थालेका बखत् केहि समुह र दललाई भने धमिलो पानीमा माछा मार्ने मौकाको रुपमा स्थपित भएको छ। संघिय संसदबाट हालसम्म पनि संघिय निजामती ऐन, प्रहरी ऐन, शिक्षा ऐन जस्ता महत्वपुर्ण ऐनहरु पारित हुन नसक्नाले संघिय लोकतान्त्रिक व्यवस्था माथि नै प्रश्न उब्जिएको अवस्था छ । यी ऐन पारित नहुँदा तीन तहका सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको अवस्था छैन । त्यसैगरी, संघियता सबलिकरणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित अन्तर प्रदेश परिषद्ले हालसम्म दुई पटक मात्र बैठक बस्न सकेको अवस्था छ । अझ, मुलभुत कुरा त सातैवटा मुख्यमन्त्रीले बुझाएका सुझावहरुको कार्यान्वयन गर्न तदारुकता प्रधानमन्त्रीबाट हुन सकिरहेको छैन । संघियता खारेजीको आवाज उठिरहेको अवस्थामा सरकारले संघियताको सहि मर्म जनतामा बुझाउन सकिरहेको छैन । यसकारण पनि कांग्रेसको महासमिती बैठकले संघियता कार्यान्वयनमा देखिएका चुनौतिहरुलाई समाधानको मार्गचित्र कोर्न सफल हुनुपर्दछ र जनतालाई संघियताको वास्तविक महत्वका बारेमा बुझाउन आफ्ना योजनहरु जनतासामू ल्याउन कोशिश गर्नुपर्दछ ।

    २. सुशासनका लागि एजेन्डा: राष्ट्रले सामना गर्ने दबाबपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्ने शासनको लागि व्यापक एजेन्डाको अभिव्यक्तिको सन्दर्भमा अपेक्षाहरू उच्च छन्। कांग्रेस पार्टीले स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र पूर्वाधार विकासलगायतका विभिन्न क्षेत्रहरूमा व्यावहारिक नीतिगत समाधान र कार्ययोग्य योजनाहरू प्रस्तुत गरेको हेर्न नागरिकहरू उत्सुक रहेका छन्। आम नागरिकको आकांक्षासँग प्रतिध्वनि गर्ने बलियो शासन एजेन्डालाई पुनरुत्थानको लागि अपरिहार्य मानिन्छ। कांग्रेस अहिले गठबन्धन सरकारमा छ । नागरिकहरुले कांग्रेस सहभागीभएका सरकारबाट ठूलै अपेक्षा राखेका छन् । आजको सरकारमा रहँदा गरेको डेलिभरी नै भोलीको सरकार नेतृत्व गर्नेको बलियो आधार हुनसक्छ । आज कांग्रेसको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुले जनभावना अनुरुपको कार्यगर्न सकेका छन् त ? के चुनावी घोषणा अनुरुपको जनवाचा पुरा गर्न सक्षम भएका छन् त ? के मन्त्रीहरु माथि उठेका कार्यशैलीका प्रश्नमाथि कांग्रेस नेतृत्वले प्रश्न गर्न सकेको अवस्था छ त ? यी र यस्ता विषयमा गम्भिर रुपमा महासमिती बैठकमा छलफल हुन जरुरी छ ताकि सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कांग्रेसको एजेण्डा माथि पुनर्ताजिकिकरण गराउन सकियोस् । प्रदेश देखि संघ सरकारमा सहभागी भएका मन्त्रीहरुले संघियता सबलिकरण गर्न कांग्रेसतर्फबाट सरकारमा रहेकाहरुले एकिकृत भएर नयाँ योजना र संकल्प ल्याउन सकिरहेका छैनन् यसतर्फ पनि नेतृत्वले ध्यान दिन जरुरी रहेको छ ताकि एकातर्फ सरकारमा पनि आफ्नो स्थान प्रभावकारी बनाउन सकिन्छ, अर्कातर्फ संघियता सबलिकरणमा पनि कांग्रेसको ढृढ संकल्प रहेको जनतासामु स्पष्ट पार्न मद्दत पुगोस् ।

    ३. नेतृत्वको पुनरुत्थान: आम जनताको प्रमुख अपेक्षाहरू मध्ये एक कांग्रेस पार्टी भित्र नेतृत्वको पुनरुत्थानको वरिपरि घुम्छ। यसको मतलब यो होइन कि बुढा नेता पाखा लगाएर युवा नेतृत्व आउनुपर्यो । मुख्य कुरा यो होकि समयको गतिलाई बुझि नेतृत्व दिनसक्ने नेतृत्वको आवश्यकता रहेको छ । नेपालको राजनीतिमा सदैव ८-१० जनाको वरिपरि नै देशको राजनीति रुमल्लिरहेको अवस्थामा कांग्रेसले नयाँपुस्तालाई राजनीतिमा आर्कषित  गराउन सक्ने नीति ल्याउन जरुरी छ । राजनीति आफैमा उच्चस्तरको समाजसेवा भएको कारण सर्वप्रथम त युवा पुस्ताले अहिले राजनीतिक दलले गर्ने क्रियाकलापलाई नै अनुसरण गर्ने हुन्छन् र आफ्नो विचार निर्माण गर्दछन् । यस परिस्थितिमा सर्वप्रथम पार्टीको कार्यसंचालननै लोकतान्त्रिक र विधि अनुरुपको हुनुपर्दछ । ताकि नयाँपुस्ता कांग्रेसमा जोडिन मार्गप्रशस्त गर्नसकियोस् । यसमानेमा नयाँपुस्ताले अनुसरण गर्न योग्य बनाउनकै निमित्त कांग्रेसले विधि र विधानमा सांगठनिक कार्य अगाडि बढाउन पर्दछ । पार्टिको केन्दि«य समिति बैठक, महासमिति बैठक सधै समयमा नै गर्नुपर्दछ । महाधिवेशनको मुखमा क्रियाशील सदस्य बाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ  । नीति निर्माण र विचारको मन्थन गर्ने थलोको रुपमा लिएको महासमिति बैठक सधै कर्मकाण्ड मात्र नबनाउन विधानमै प्रत्येक वर्ष यो मितिमा गर्ने भनेर प्रष्ट उल्लेख गर्न जरुरी छ । यस्तो गर्न सके समयअनुसारको जनभावनाका बारेमा बहस गर्न मद्दत पुग्दछ र नयाँपुस्तालाई पनि आर्कषित गर्न सकिन्छ ।

    ४. वैचारिक स्पष्टता र दृष्टिकोण: द्रुत रूपमा विकसित राजनीतिक परिदृश्यको बीचमा, कांग्रेस पार्टीले देशको भविष्यको लागि एक सुसंगत वैचारिक अडान र एक आकर्षक दृष्टिकोण व्यक्त गर्ने व्यापक अपेक्षा यस महासमिती मार्फत आमजनताले लिएकाछन्। आर्थिक नीतिदेखि सामाजिक न्याय युवा पलायन र राष्ट्रिय सुरक्षादेखि वातावरणीय स्थायित्वसम्मका महत्वपूर्ण मुद्दाहरूमा पार्टीले आफ्नो स्थिति चित्रण गरेको हेर्न नागरिकहरू उत्सुक छन्। निर्यातमुलक वस्तुको प्रवर्धन गर्न के कस्ता योजना छन् त्यस विषयमा पनि गम्भिर छलफल हुन जरुरी रहेको छ । स्वदेशमा रोजगारीको अभावले होस् वा अवसरको खोजीमा विदेश पलायन भएका युवालाई स्वदेशमा कसरी रोजगारी प्रदान गर्ने स्पष्ट नीति ल्याउन जरुरी रहेको छ । नेपालले पहिलो पटक सन् २०४५ सम्ममा Net-zero greenhouse gas emissions भनेर विश्वसामु प्रतिवद्घता व्यक्त गरेको अवस्थामा ती लक्ष्य प्राप्त गर्न के कस्ता योजना रहेका छन् त्यसको नेतृत्व काँग्रेसले लिने गरी योजना तर्जुमा गर्नु आवश्यक रहेको छ ।

    ५. डिजिटल कांग्रेसः समयको रफ्तार सँगै प्रविधिको उच्चतम् प्रयोग गर्न सक्नु आजको आवश्यकता रहेको छ । कांग्रेसमा नविनतम् उर्जा भर्नका लागि कांग्रेसलाई पुर्णरुपमा डिजिटल बनाउनु आजको आवश्यकता रहेको छ । नेपाली कांग्रेसले डिजिटल एपको निर्माण गर्नुपर्दछ र सोहि एप मार्फत क्रियाशील सदस्य अनलाईन फर्म भर्ने आवश्यक शुल्क पे गर्ने, क्रियाशील सदस्यको व्यक्तिगत विवरण हेर्न मिल्ने, कांग्रेसका समायानुकुल भएका बैठकका निर्णयहरु हेर्न पाउने, विभिन्न कार्यक्रमका कार्यतालिका हेर्न देखि आफ्ना सुझाव एवं प्रतिक्रियाहरु समेत दिनपाउने गरी एपको विकास गरिनुपर्दछ । यस्ता नविनतम् प्रविधिले कांग्रेसलाई समयानुसार अघि बढाउन प्रेरित गर्दछ ।

    निष्कर्ष: कांग्रेसको महासमिति बैठक सुरुवात हुनैलाग्दा आम जनताको अपेक्षा ठूलो हुँदै गइरहेको छ, जसले पार्टीका चुनौती र अवसर दुवैलाई झल्काउँछ। नेतृत्वको पुनरुत्थानदेखि वैचारिक स्पष्टतासम्म, समावेशीतादेखि सुशासनको एजेन्डासम्म, आगामी दिनमा पार्टीको गतिलाई आकार दिने महासमितिका निर्णयहरुलाई नागरिकहरूले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। अन्ततः, महासमिति बैठकले कांग्रेस पार्टीलाई बदलिदो राजनीतिक परिस्थितिको चुनौतीलाई सजिलै समाधान गर्दै नविनतम् विचारको शंखघोष गर्नेमा कुनै संकोच छैन ।

    आकाश कार्की
    युवा नेता, नेपाली कांग्रेस

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्