images
images
  • Latest Update

    Trending

    वर्तमान गठबन्धन पाँचै वर्ष चल्छ : रक्षामन्त्री खड्का

    काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन् ।

    कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताएका हुन् । उनले गठबन्धन बीचमै तोडिने हो की भन्ने आशंका नगर्न आग्रह गरे ।

    निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै यसमा सबै दलहरु गम्भीर रहेको उनको भनाइ छ । खड्काले वर्तमान गठबन्धनले सत्ता भन्दा पनि संविधानको रक्षा र मुलुकको समृद्धिका लागि केन्द्रीत रहेको बताए ।

    उनले भौतिक दृष्टिकोणका कारण कर्णाली प्रदेश पछि परेको भनिएपनि प्राकृतिक स्रोतका हिसावले मुलुककै गौरवयुक्त प्रदेश रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्