images
images
  • Latest Update

    Trending

    सरकारी जग्गा हडप्नेलाई कुनै हालतमा छोडिदैन : उपप्रधानमन्त्री

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन् । 

    रोटरी क्लब आफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताए।

    उनले सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरेपनि सरकार पछि नहट्ने जिकिर गरे । ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए । राजनीतिक पहुँच भएकै भरमा जेपनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

    गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवाहरू नफर्किने गरि विदेशिने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्