images
images
  • Latest Update

    Trending

    विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप आजदेखि, १५ टिम प्रतिस्पर्धामा

    २० फागुन, कास्की । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० आइतबारदेखि सुरु हुँदैछ ।

    सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

    पोखरा रंगशालाको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आइतबार विहान १० बजे प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

    सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाही प्रति समर्पित रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारीले रातोपाटीन्यूजलाई बताउनुभयो ।
    आयोजक समितिका अनुसार प्रतियोगितामा २१९ जना खेलाडी, अफिसियल, समिति सदस्य र २१० स्वयमसेवकसमेत गरी ७ सय भन्दा बढीको सहभागिता रहनेछ ।

    प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाजको बास्केटबल कोर्ट पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्