images
images
  • Latest Update

    Trending

    विकास शिल्ड उद्धघाटन गर्दै मुख्यमन्त्रीले भने, साहस र सकरात्मक सोचलाई शक्तिमा बदल्नुस्

    २० फागुन, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनमा साहस र सकरात्मक सोच भएमा अपांगता भएका व्यक्तिहरु अरु सपांग व्यक्तिहरु जस्तै सवल र सक्षम बन्न सक्ने बताएका छन् ।

    आइतबार विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले अपांगता भएका व्यक्तिहरु अहिलेको निरुत्साहित युवाहरुको ज्योति भएकोले अहिलेको युवा पुस्ताले अपांगता भएका व्यक्तिहरुलाई हेरर आफनो साहस र दृढतालाई शक्तिमा बदल्न बताएका हुन् ।

    मुख्यमन्त्री पाण्डेले अपांगता भएका व्यक्तिहरुको खेलप्रतिको उच्च भावनालाई प्रदेश सरकार सदैव सम्मान गर्ने बताउँदै भने, ‘देशको विभिन्न कालखण्डमा शारीरिक अवस्थामा चोट पुग्न गयो तर तपाईहरुको साहस सबैको लागि उत्साह हो यसलाई कायम राख्नुहोस् ।’
    प्रदेश सरकार अपाङ्ग मैत्री बनाउने सम्बन्धमा सचेत रहेको भन्दै उनले प्रदेशमा अपाङ्ग मैत्री कानून निर्माणमा र आगामी बजेट निर्माणमा समेत विशेष ध्यान दिने वचनबद्धता व्यक्त गरे ।

    विकास शिल्ड फागुन २० देखि २१ गते दुई दिनसम्म आइतबार र सोमबार पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा हुनेछ ।
    सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्