images
images
  • Latest Update

    Trending

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ

    काठमाडौं–  राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद् भवनमा संघीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई सपथ दिलाएकी थिइन् । 

    सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरूलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे। 

    राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्