images
images
  • Latest Update

    Trending

    विकास शिल्डको उपाधी पुरुषतर्फ एपीएफ र महिलातर्फ सुदुरपश्चिमलाई

    २१ फागुन, कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् ।

    सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बीनीलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेशले लुम्बीनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै लुम्बीनी उपविजेता बनेको छ । साथै कोशीले प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो ।

    उपाधीसँगै पुरुष र महिलातर्फका विजेता टिमले क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भने, प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।

    प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिम गरी१५ टिमको सहभागी रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्