images
images
  • Latest Update

    Trending

    भत्कियो गठबन्धन, तीन मन्त्रीले लिए सपथ

    काठमाडौं- कांग्रेस-माओवादीबीचको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार नै नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।

    प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो तीन मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्