काठमाडौं- नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । एमालेले राजेन्द्रकुमार राईलाई खानेपानीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिने भएको हो ।
त्यसैगरी, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
एमालेले दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र हरि उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मा दिने भएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बन्ने भएकी छिन् ।
यसअघि एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्