images
images
  • Latest Update

    Trending

    बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीकाे राजीनामा

    काठमाण्डौँ । केन्द्रीय सत्ताबाट बाहिरिसकेको नेपाली कांग्रेसले बागमती प्रदेश सरकार पनि छाडेको छ। केन्द्रको असर धमाधम प्रदेशहरुमा पनि देखिन थालेको छ।

    बागमति सरकारका कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएका छन्। बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

    संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन्।

    मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा गत चैत २५ गते नियुक्त भएका थिए। स्वास्थ्य मन्त्री जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जन, वन मन्त्री मसिना खड्का र उद्योग वाणिज्य तथा प्रशासन मन्त्री चित्रकार गत जेठ ७ गते मन्त्री नियुक्त भएका थिए ।

    संसदीय दलको उपनेता समेत रहेका रामकृष्ण चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता हुने बताए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्