images
images
  • Latest Update

    Trending

    ख्रीष्टियन सांगितिक क्षेत्रमा पास्टर एनोस खवासको हृदयभक्ति ‘आराधना’ गित सार्बजनिक

    ललितपुर– नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा उदयमान सुमधुर स्वरका धनी गायक तथा संगितकार मुक्ति चर्च हात्तिवनका पास्टर एनोस खवासले ‘आराधना’ नामक गित एक साता अघि सार्वजनिक गरेको छ ।

    भारतमा जन्मेर नेपाललाई कर्मथलो बनाएका गायक पास्टर एनोस खवासले नेपाली चर्चमा गरिने आराधनाका लागि बनाइएको गित स्रोतामाझ ल्याएका छन्। जसमा गायक पास्टर एनोस खवास, क्षितिज उराँवे र नवीन सुनुवारले संयुक्त रुपमा स्वर भरेका छन् ।

    आराधना गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको गायक तथा संगितकार खवासले बताए । गितको शब्द तथा संगित गायक खवासले नै दिएका हुन् । भने, संगित संयोजन गायक नवीन सुनुवारले गरेका छन् ।

    ‘आराधना’ नामक गित हृदयको अन्तस्करणदेखि धन्यबाद सहितको हृदयभक्ति पूर्ण गित हो ।

    भिडियो लिंक यहाँ उपलब्ध छ :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्