काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशलाई आर्थिक संकटबाट मुक्ति गर्न एमालेले कोसिस गर्ने दाबी गरेका छन् ।
शुक्रबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले पुरानो गठबन्धनको आन्तरिक कारण, पार्टी र जनदबाबले सरकार विगठन भएको बताएका हुन् ।
सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको बताउँदै उनले वर्तमान गठबन्धन सरकारलाई अवसर र चुनौती दुबै रहेको बताए । पूर्व गृहमन्त्री बादलले भने,‘सरकारमा अवसर र चुनौती दुबै रहेका छन् ।
जनताका आधारभूत आवश्यकता पूरा गर्न र सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको हो ।’ उनले देशलाई संकटको भूमरीबाट मुक्त गर्न एमाले पार्टीले विभिन्न अभियान सञ्चालन गरेको बताए ।
उनले नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन खडा भएको र संकटको भूमरीबाट देशलाई मुक्त गर्न पार्टीले ठोस कदम चालिरहेको दाबी गरे ।
उनले भने, ‘मुलुकको स्थिरताको लागि अहिलेको गठबन्धन बनेको छ । देशलाई समृद्धितर्फ उन्मुख गराउने दायित्व अब एमालेले पूरा गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्