काठमाडौं । नेपालमा दुई हजार ६७४ जना सहिद थपिएका छन् । सरकारले नेपालको राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका आन्दोलनमा ज्यान गुमाएका दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद थप्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउनेहरूलाई सम्मान स्वरूप राजपत्रमा नाम प्रकाशित गरेको हो ।
यससंगै नेपालमा सहिदको संख्या ११ हजार १४१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्