images
images
  • Latest Update

    Trending

    नयाँ गठबन्धनबाट दायाँ बायाँ गर्ने छुट छैन : पूर्व प्रधानमन्त्री खनाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताएका छन् । वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको भन्दै उनले अव देशमा विद्यमान समस्या समाधानमा एक जुट भएर लाग्नुपर्ने बताए ।

    नयाँ समीकरणको सरकारलाई शुभकामना व्यक्त गर्दै उनले लेखेका छन्– ‘हाम्रो देशमा एक वर्ष अघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्